A sip of life from time’s cup.

दौडिएर किनारै किनार
सपनाहरु तर्किएका छन्,
आफैँलाई आफ्नो पोल कसले लगाइदियो?
आफैँलाई आफ्नो बिरुद्द कसले उभ्याइदियो?

MY LATEST POSTS

  • एक क्वाटर जिन्दगी….?! (भाग- दुई)
    लगभग दुईवर्षको मौनता पछि हृदय र म बिच, फेरि आज संवाद हुन हुन लागेको थ्यो अथवा भयो नै भनौँ न.. *एक क्वाटर जिन्दगीबारे यो लेखमा फेरि पनि निचोड खोज्न हिँडेका मेरा अहम्-का केहि टाटेपाटे अक्षरहरु.. * -अस्तिको जीवन बारे हाम्रो संवाद याद छ तिमीलाई?… Read more: एक क्वाटर जिन्दगी….?! (भाग- दुई)
  • मृत्यु वरिपरि कतै
    Trigger Warning: Mentions of Death/ maybe romanticizing the idea of death everywhere in this writing मृत्युको ठुलै सुरुङ्ग खनिसकिएको छ।जमिनबाट धेरै मुनि। सायद त्यहाँं कोहि कहिल्यै पुग्दैन। मेरो मृत अवशेष कसैले कहिल्यै भेट्टाउन सक्दैन। गुफा जस्तो। जमिन मुनि माटोले पुरिएको गुफा। जहाँ केही दिनको… Read more: मृत्यु वरिपरि कतै
  • जुत्ताको आत्मलाप
    उसले हिँडेका बाटाहरु मैले पनि हिँडेको छु। करिब छ महिनादेखि हामी सहयात्री हौँ। हाम्रा बाटाहरु चाहेर पनि फेरिएको छैन। कहिले कहिले विरक्तिएको आभाष हुन्छ, जुत्ता र्‍याकमा थन्किएर रहनु पर्दा। उसले मलाई अवहेलना त गर्दिन सायद तर उसका खुट्टाले नयाँ घर भेट्टाउँछन् कि भन्ने डर… Read more: जुत्ताको आत्मलाप
  • ..उज्यालो
    गुट्का चपाउन बाइक रोकेर बसेका अङ्कलहरुमा म आफ्नो बाबाको अनुहार भेट्टाउँछु। एक्लै हिँडेर यहाँसम्म आईरहँदा मेरा मनमा धेरै कुराहरु खेल्छन्। बाटोमा एक्लै हिँडिरहँदा, थोरै धेरै डरले प्रभुत्व जमाउँछ। अचेल एक्लै हिँड्नु मेरो दैनिकी जस्तै बनिसकेको छ र मलाई आनन्द पनि लाग्छ। मेरो मगजभरी नयाँ… Read more: ..उज्यालो
  • प्रेम।
    यहाँ मैले खोजेजस्तो केही भेटिँदैन। यहाँ मैले पाए जस्तो केही छुट्टिँदैन। केही निस्सारता, केही रित्तोपना। केही प्रेमको अतृप्तता, केही सम्झनाका फेरहरु च्यापेर निदाएका रातहरु। किताबका पान्नैपिछे संगालिएका सम्झना। कहिल्यै व्यक्त हुन नसकेको प्रेमको बोध। कहिल्यै अनुभूति गर्नै नपाएको प्रेमीको सम्झना। शिरिषका फुलहरुसँगै ओइलाएको छ।… Read more: प्रेम।
  • हराउँदै ~ भेटिँदै
    इन्कोहेरेन्ट (Incoherent) लेखाइ – एक (१) खरानी कलरको नेलपोलिस छ खुट्टामा। हरियो भित्तामा अटसपटस गरेर भित्ता नै फुटाउँलाझैँ गरिरहेछ खुट्टाले बुकर्‍याकमा पहेट लगाएर। त्यो नेलपोलिसले फिलोसोफी जन्माउन प्रयत्न गरेको हो या विरक्तिएको समयको विरोधाभासमा झोक्राएको हो मैल बुझ्न सकिनँ। बुझ्न सक्ने सामर्थ्य त उहिल्यै… Read more: हराउँदै ~ भेटिँदै
  • एउटा कविता…
    मलाई यी हावाहरुले छुनेछन् विलिन हुनेछ मेरो शरीर यतै कतै! र म डुब्नेछु म हराउनेछु, मेरो शरीर सङ्गीत बनेर हावामा प्रतिध्वनित हुनेछ। त्यो तिम्रो कान सम्म आएर ठोक्किनेछ, त्यहि हावाको अस्तित्वसँग तिमी खेल्नेछौ, त्यसैको सुमधुरतामा तिमी नाच्नेछौ! अनभिज्ञ रहेर कि त्यो मेरै स्वर थियो,… Read more: एउटा कविता…
  • आज कता पुग्यौ हँ?
    ए साँच्ची, लेख्नु के थियो रे? ऊ टक्क आफ्नो ओछ्यानबाट ओर्लिई। सुँइ सुँइ तल गई, कम्पाउन्डको गेट खोली र बाहिर निस्किई। आज ऊ चुपचाप हिँड्दै छे। बाटोमा दगुरीरहेका गाडिसँग ठक्कर खाने हो कि, अँ हँ कुनै चिन्ता देखिएन। ऊ एकसुरले हिँड्दै थिई मानौँ उसलाई… Read more: आज कता पुग्यौ हँ?
  • झरी
    अनिश्चितकालिन वर्षा यो अँखाको हो या आकाशको पहिल्याउन खोज्दा खोज्दै छर्लङ्ग भयो। आँशुको बहाब बढेर सपना हराए वा पानीको बहाब बढेर सा(हा)रा हराए? मिलिकमिलिक गरिरहको चट्याङ्ले पानी बोकेर आयो वा मभित्र कुनै जमानादेखि निश्लोत निश्लोत निदाएको म आफैँलाई बिउँझाउने मनसायले आयो!? निरुत्साहित, निरुत्तरित र… Read more: झरी
  • एक क्वाटर जिन्दगी……?!
    जीवन के हो? – “सुख दु:खको सङ्गालो”?! -यो व्यक्तिगत धारणा त होला तपाईँको तर सनातनी धारणा भयो। -“आरोह अवरोह”?! -यो त झन् एकदम कमन छ आजको युगमा। काठमाडौँंका गल्लीहरुभन्दा नि कमन यार! -“उकाली ओराली”?! -ह्या, तिमीलाई मैले माथिका वाक्यको पर्यायवाची शब्द सोधेको होइन हौ।… Read more: एक क्वाटर जिन्दगी……?!

Thanks for visiting. Have a good day!!

©Prastuti

Trending

Blog at WordPress.com.

Design a site like this with WordPress.com
Get started