मलाई यी हावाहरुले छुनेछन्

विलिन हुनेछ मेरो शरीर

यतै कतै!

र म डुब्नेछु

म हराउनेछु,

मेरो शरीर सङ्गीत बनेर

हावामा प्रतिध्वनित हुनेछ।

त्यो तिम्रो कान सम्म आएर ठोक्किनेछ,

त्यहि हावाको अस्तित्वसँग

तिमी खेल्नेछौ,

त्यसैको सुमधुरतामा

तिमी नाच्नेछौ!

अनभिज्ञ रहेर कि

त्यो मेरै स्वर थियो,

अन्जान रहेर कि

त्यो मेरै गीत थियो।

-प्रस्तुती

2 responses to “एउटा कविता…”

    1. Thank youuuu❤️

      Liked by 1 person

Leave a comment

Trending

Blog at WordPress.com.

Design a site like this with WordPress.com
Get started